16.5.19

१४. विदेश क्षेत्रका नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व ः
(
१) नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिवद्ध र समर्पित रहने विदेशस्थित नेपाली नागरिकहरूले पार्टीको केन्द्रीय कार्यसमितिको ( स्वीकृति लिई विदेशस्थित नेपाली जनसम्पर्क समिति गठन गर्न सक्नेछन् ।-हटाइएको ।) कार्य समितिमा तोकिए बमोजिमको प्रकृया पूरा गरि जनसम्पर्क समिति गठनका लागि अावेदन गर्न सक्नेछन् ।  केन्द्रीय कार्यसमितिको स्विकृति पश्चात नेपाली जनसम्पर्क समितिको गठन हुने छ । -थपिएको) 
(२) पार्टीले तोकेको शर्त पूरा गर्ने यस्ता संस्थालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मान्यता प्रदान गर्ने छ । 
 सक्नेछ ।
(३) नेपाली जनसम्पर्क समितिको विधान
तथा विधानमा गरिएको संशोधन-थपिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट स्वीकृत हुनु पर्नेछ ।-हटाइएको ।  भएपछि लागू हुनेछ-थपिएकों पाली कांग्रेस केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जनसम्पर्क समितिको नियमित अधिवेशन हुनुपर्नेछ । सो अधिवेशनद्वारा पार्टीको महाधिवेशन, महासमितिका लागि पार्टी केन्द्रीय कार्यसमितिले-हटाएको  (यसै विधान बमोजिम-थपिएको) तोकिएको संख्यामा अध्यक्षसहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको चयन गर्ने व्यवस्था जनसम्पर्क समितिको विधानमा हुनुपर्नेछ ।
(४) पार्टीको महाधिवेशन हुनुभन्दा दुई महिना अगावै पार्टीको केन्द्रीय कार्यसमितिले महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य पठाउन सक्ने विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको नाम संख्याका बारेमा निर्णय गरी जानकारी दिनेछ । यसरी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य पठाउन सक्ने नेपाली जनसम्पर्क समितिले देहायबमोजिम गर्नु पर्नेछ ।
(१) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मान्यता प्रदान गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिले पार्टी केन्द्रीय कार्यसमितिले तोकेको संख्यामा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पठाउन सक्नेछन् । तर त्यसरी प्रतिनिधि तथा सदस्य तोक्दा कम्तिमा पाँच सय क्रियाशील सदस्य भएका जनसम्पर्क समिति र दुई हजार भन्दा बढी क्रियाशील सदस्य भएका जनसम्पर्क समितिबाट फरक फरक संख्यामा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य तोक्न सक्नेछ ।
(२) उपधारा ४ (१) बमोजिम पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि संख्या तोक्दा एउटा देशबाट बढीमा चौध जनाभन्दा बढी जनसम्पर्क समितिबाट प्रतिनिधि गराउने गरी तोक्न सक्नेछैन ।
(३) विदेश स्थित नेपाली जनसम्पर्क समितिले सात जना महाधिवेशन प्रतिनिधि छनोट गर्न पाउने अवस्थामा अध्यक्ष सहित महाधिवेशन प्रतिनिधिहरूमध्येबाट तीन जनालाई महासमितिको सदस्यमा छनोट गर्न सक्नेछ । चौध जना महाधिवेशन प्रतिनिधि छनौट गर्न पाउने अवस्थामा महाधिवेशन प्रतिनिधिहरूमध्येबाट अध्यक्ष सहित छ जनालाई महासमिति सदस्यमा छनोट गर्न सक्नेछ ।
(५) विदेश स्थित नेपाली जनसम्पर्क समितिको हकमा सार्क मुलुकहरूमा रहने नेपाली कांग्रेसको क्रियाशील सदस्यता शुल्क रू ३२०।– (तीन सय बीस), जापान, युरोप, अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, हङकङमा अमेरिकी डलर २५ (पच्चीस) बराबर र खाडी मुलुक र मलेसियामा अमेरिकी डलर ५ (पाँच) बराबर सदस्यता शुल्क लाग्नेछ । विदेशस्थित जनसम्पर्क समितिले नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सिफारिससाथ शुल्क सहित केन्द्रमा नामावली पठाउनुपर्नेछ । जनसम्पर्क समितिबाट सिफारिस भएका व्यक्तिको क्रियाशील सदस्यता केन्द्रबाट स्वीकृत नभएमा त्यस्ता व्यक्तिको शुल्क जनसम्पर्क समितिमा फिर्ता पठाइनेछ । यस विधानमा जेसुकै लेखिएको भएपनि विदेशस्थित नेपाली जनसम्पर्क समितिले सक्रिय सदस्यता नवीकरण गर्दा क्रियाशील सदस्यता शुल्कको आधा रकम नवीकरण शुल्क लिई क्रियाशील सदस्यता नवीकरण गर्नुपर्नेछ । त्यस्तो नवीकरण शुल्कमध्ये तोकिएबमोजिमको रकम केन्द्रमा पठाउनु पर्नेछ ।

2.5.13

नेपाली काँग्रेसको विधानमा बिदेश स्थित शाखाहरूको बारेमा के व्यवस्था छ ?


१४. विदेश क्षेत्रका नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व ः
(१) नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिवद्ध र समर्पित रहने विदेशस्थित नेपाली नागरिकहरूले पार्टीको केन्द्रीय कार्यसमितिको स्वीकृति लिई विदेशस्थित नेपाली जनसम्पर्क समिति गठन गर्न सक्नेछन् ।
(२) पार्टीले तोकेको शर्त पूरा गर्ने यस्ता संस्थालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मान्यता प्रदान गर्न सक्नेछ ।
(३) नेपाली जनसम्पर्क समितिको विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट स्वीकृत हुनु पर्नेछ । नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जनसम्पर्क समितिको नियमित अधिवेशन हुनुपर्नेछ । सो अधिवेशनद्वारा पार्टीको महाधिवेशन, महासमितिका लागि पार्टी केन्द्रीय कार्यसमितिले तोकेको संख्यामा अध्यक्षसहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको चयन गर्ने व्यवस्था जनसम्पर्क समितिको विधानमा हुनुपर्नेछ ।

26.4.13

२ जुन २०१३ का लागि कायम रहेका महाधिवेशन प्रतिनिधिहरू


नेपाली जनसम्पर्क समिति बेल्जियम
निर्वाचन समितिको कार्यालय
तृतिय महाधिवेशन-२३ अक्टोबर २०११
मतदाता नामावली-२०११
नेपाली जनसम्पर्क समिति बेल्जियमको आगामी २३ अक्टोबर २०११ का दिन लुभनेमा आयोजना हुने तृतिय महाधिवेशन अन्तरगत सम्पन्न हुने कार्यकारिणी समितिको निर्वाचनको प्रयोजनको लागि नेपाली जनसम्पर्क समिति बेल्जियमबाट प्राप्त मतदाता नामावली क्षेत्रगत रूपमा देहाय बमोजिम रहेको ब्यहोरा जानकारी गराउँदछु-
एन्त्रोपेन क्षेत्र


1.       कृष्ण नेपाल
2.       रविन्द्र घले
3.       रिमा घले
4.       गोपी मायाँ लामा

नेपाली काँग्रेस बेल्जयमका साधारण सदस्यहरू

 नेपाली जनसम्पर्क समिति बेल्जियम
तेश्रो महाधिवेशन २०११
सदस्यता सूची
लुभेन



1.        -रमेश सापकोटा-301
2.        -कोपीला सापकोटा-302
3.        -जगदीश सापकोटा-303
4.        -चक्र सापकोटा-304
5.        -दीपक सापकोटा-305
6.        -अनन्त शर्मा-306
7.        -मोहन पौडेल-307

26.3.13

लोकतन्त्रको अल्पविराम



-इन्द्र क्षेत्री ।

बितेको डेढ दशकमा बडे-बडे विष्मयकारी घटनाहरू घटाएको र तीनलाइ प्रत्यक्ष रूपमा देखे-भोगेको वर्तमान पुस्ताले प्रधान न्यायधिशको सत्तारोहणलाइ आश्चर्यजनक रूपमा ग्रहण गर्नु अर्को विष्मयकारी घटना हुन गएको छ । प्रजातन्त्रको विरूद्धमा लालकिताब,आँसी र घन च्यापेर निष्पट दण्डकारण्यमा छिरेको कुनै पार्टी लडाकु,गन र धन बोकेर एकाएक् सिँहदरवार छिर्ला भनेर धेरै कम मानिसले सोचेका थिए । सशस्त्र राज्य बिप्लवमा जुटेको एउटा सास्त्रीय साम्यवादी दल सम्झौता मार्फत शान्ति प्रकृयामा सामेल हुनु आफैँमा एउटा विस्मयकारी घटना थियो ।  

5.1.13

मेलमिलाप दिवस यसपल्ट । २०१३ जनवरी १ ।


बेल्जियममा ३६ औँ राष्टिय मेलमिलाप दिवस भब्यतापूर्वक सम्पन्न ।
-विष्णु सापकोटा ।
जनवरी ०१,लुभेन । बेल्जियममा ३६ औँ राष्ट्रिय मेलमिलाप दिवस तथा अँग्रेजी नयाँ वर्ष २०१३ को उपलक्षमा विशेष चियापान तथा अन्तरकृयात्मक शुभकामना आदान-प्रदान कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ । नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला मुलुकको राष्ट्रियता खतरामा परेको औँल्याउँदै २०३३ साल पुष १६ गते ८ वर्षको भारत प्रवाश त्यागेर स्वदेश प्रवेश गरेको दिनलाइ नेपाली काँग्रेसले विभिन्न कार्यक्रमहरूको आयोजना गरि मेलमिलाप दिवसका रूपमा मनाउने परम्परा बसालेको छ । काँग्रेसको त्यो परम्परालाइ बेल्जियममा नेपाली काँग्रेसका महासमिति सदस्य इन्द्र क्षेत्रीले बिगत तीन वर्ष देखि निरन्तरता दिँदै आउनुभएको छ ।

29.9.12

प्रतिगामी गणतन्त्र



-इन्द्र क्षेत्री
००७ को जनक्रान्ति मार्फत प्राप्त प्रजातन्त्र प्रतिगमनमा परिणत हुन जम्मा १० वर्ष लागेको थियो । ०४६ को वाम-काँग संयुक्त जन-आन्दोलनले ल्याएको परिवर्तन १३ वर्ष चल्यो । २०६३ को जन-आन्दोलन बाट प्राप्त नेपालको गणतन्त्र ५ वर्षमै प्रतिगामी सावित हुन पुगेको छ । ०६२/०६३ मा सम्पन दोश्रो जन-आन्दोलन प्रतिगमनकारीहरूसँगको लसपसमा सम्पन्न भएको हुनाले परिवर्तन पनि प्रतिगमनबाट सँक्रमित भएर आयो ।

17.9.12

बेल्जियममा अक्टोबर १४ का दिन हुन गैरहेको स्थानीय निर्वाचनमा लुभेन नगरपालिकाबाट मतदान गर्ने नेपाली मतदाताहरूको नामावलीः


बेल्जियममा आगामी १४ अक्टोबर २०१२ का दिन स्थानीय निर्वाचन हुँदैछ । यस निर्वाचनमा स्थानीय नगरपालिकाहरूमा तीन जना नेपाली मूलका उम्मेदवारले पनि प्रतिस्पर्धा गरिरहेका छन् । लुभेन नगरपालिकाबाट खड्क बहादुर केसी तथा एन्त्रोपेन नगरपालिकाबाट लिला शर्मा मानन्धर र कृष्ण रेग्मीले भिन्न-भिन्न पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्दै छन् । लिला शर्मा स्थानीय निर्वाचनका साथै प्रोभिन्सीयल काउन्सीलमा समेत आफ्नो पार्टीबाट उम्मेदवार बनेकी छन् । खड्का ग्रीन पार्टीबाट,मानन्धर क्रिस्चियन डेमोक्रयाटबाट र रेग्मी नेशनल भ्लाम्स एलायन्सबाट उम्मेदवार बनेका छन् । यसै सन्दर्भमा बेल्जियममा नेपाली मतदाताहरूको सँख्या यस चुनावमा ह्वात्तै बढेको छ । निर्वाचन आयोगले हालै प्रकाशित गरेको नामावली अनुसार लुभेन क्षेत्रमा मात्र ३३२ जना नेपाली मूलका मतदाता रहेका छन् ।

 हामीलाइ प्राप्त मतदाता सूची अनुसार निम्न बमोजिम नेपाली मूलका मतदाताहरू यस चुनावको लागि दर्ता भएका छन् ।