बेल्जियममा नेपाल गृह निर्माणका नयाँ चुनौतिहरू
-इन्द्र क्षेत्री पकवान
११ मे २०१२ ।
गैरआवासीय नेपाली
सँघको विश्वब्यापी महत्वाकाँक्षी परियोजनाको रूपमा रहेको नेपाल गृह निर्माणको
गृहकार्य बेल्जियममा पनि औपचारिक रूपमा प्रारम्भ भएको छ । यसको पूर्वाधार गत वर्ष यहाँ
सञ्चालित भागवत ज्ञान महायज्ञले तैयार गरेको हो । उक्त महायज्ञमा साढे सात लाख युरो वकदान उठेको थियो । नेपाल गृह निर्माणको भ्रूण पूँजी ( Seads
Money ) र अन्तिम बजेट दुबै यही सँकल्पदान हो । एनआरएन लगायत अधिकाँश
सँघ-सँस्था र समाजसेवीहरूको वकदान यही साढेसात लाख भित्र समेटिएको सन्दर्भमा यसमा
बढोत्तरि हुन सक्ने सँभावना अत्यन्तै न्यून रहेको छ
। यसर्थ यो सकल परियोजना यसैमा निर्भर हुनुपर्ने अवस्था एकातिर छ भने अर्को तिर
महायज्ञ पश्चात ८ महिनामा सम्पादित गतिविधी र अनुभवहरूले नयाँ खालका चुनौतिहरू थपिएको
टड्कारै देख्न सकिन्छ । सँरचनागत चुनौतिहरूका बारे यथेष्ट चर्चा-परिचर्चा भैसकेको
सन्दर्भमा यस आलेखमा हामी आफैँले निम्त्याएका केहि नयाँ खाले चुनौतिहरूका बारेमा
बुँदागत रूपमा चर्चा गर्ने प्रयास गरिएको छ ।



